आईसी टी-२० विश्वकपको फाइनलमा भारतको लज्जास्पद हार

काठमाडौं, २४ कात्तिक । आईसी टी-२० विश्वकपमा इंग्ल्याण्ड विरूद्ध भारतले लज्जास्पद हार व्यहाेरेकाे छ ।

इंग्ल्याण्डका एलेक्स हेल्स र कप्तान जोस बटलरले शानदार ब्याटिङ गरेपछि भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हाे ।

भारत विरुद्ध हेल्स र बटरको विष्फोटक ब्याटिङ गर्दा भारतीय बलरहरु फिका देखिएका थिए । इंग्ल्याण्डका लागि हेल्सले ४७ बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा अविजित ८६ रन बनाए ।

यस्तै बटलरले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ८० रन बनाए ।

यसअघि टस हारेर पहिलाे ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्या र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर सर्वाधिक ६३ रन बनाए । कोहलीले ५० रन बनाउने क्रममा ४० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित शर्माले १७ र सूर्यकुमार यादवले १४ रन जोडे । केएल राहुल ५ र ररिषव पन्त ६ रनमा आउट भए ।

इंग्ल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएको थियो । फाइनल खेल आउने आइतबार मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ ।

सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *