अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न चितवन जानुहुँदै

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवनकाे चुनावी सभालाई सम्बोधन गर्नका लागि चितवन जाँदै हुनुहुन्छ ।

मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू प्रचार-प्रसारकाे लागि तीव्र द‍ाैडधुपमा हुनुहुन्छ ।

चितवनकाे चुनावी सभालाई सम्बोधन गर्न साेमबार अध्यक्ष ओली चितवन जान लाग्नुभएकाे हाे ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुने जनाएकाे छ ।

अध्यक्ष ओली आइतबारमात्र कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी हुनुभएकाे थियाे ।