सिन्धुपाल्चोक– १ मा माओवादीका माधव सापकोटा ‘सुबोध’ विजयी
सिन्धुपाल्चोक, ८ मंसिर । सिन्धुपाल्चोक– १ मा वाम गठबन्धनका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी हुनुभएको छ ।
भर्खर सम्पन्न मतगणनामा उहाँले ३० हजार तीन सय ७४ मत प्राप्त गर्नुभइ विजयी हुनुभएकाे हाे ।
नेकपा (एमाले) का सरेश नेपालले २७ हजार १८ मत पाउनुभएको छ ।