राष्ट्रपति पौडेलद्वारा उपत्यकाका नौ शक्तिपीठमा पूजाआराधना
शारदीय नवरात्र
काठमाडौँ, कात्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका नौ शक्तिपीठको दर्शन तथा पूजाआराधना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रायणी मन्दिरमा पुगेर पूजाआराधना तथा दर्शन गर्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सम्बन्धित शक्तिपीठका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । शक्तिपीठहरूको दर्शन तथा पूजाआराधनाका क्रममा उहाँसँग प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।
