७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि

काठमाडौँ, कात्तिक २  । दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ बसपार्कबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको कारबाट उक्त परिमाणको ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका २३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका १७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन् ।

ट्रामाडोल चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि हो । प्रहरीले बरामद औषधिसहित पक्राउ परेका दुवै युवकबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *