स्थानीय चुनावमा पराजय भोगेपछि ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा
एजेन्सी, ११ मंसिर । स्थानीय चुनावमा पराजय भोगेपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।
राष्ट्रपति साई इङ–वेनले चुनावमा असफल भएकाे भन्दै पदबाट राजीनामा दिएकी हुन् ।
‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’ राष्ट्रपतिले पत्रकारहरूलाई भनिन् । एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन्।
साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन्।
