धनगढीमा ग्रेडरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

कैलाली, १५ मंसिर । कैलालीकाे धनगढीमा ग्रेडरकाे ठक्करबाट एक विद्यार्थीको मृत्यु भएका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान स्कुल गइरहेका बेला ग्रेडरले ठक्करदिंदा धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो ।

ग्रेडरले साइकलमा ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।