विश्व अर्थतन्त्रले संकट सामना गरिरहेकाले नेपालले गम्भिर भएर नीति लिनुपर्छः गभर्नर

काठमाडौं, १६ मंसिर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्रले संकट सामना गरिरहेकोले नेपालले पनि गम्भिर भएर नीति लिनु पर्ने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनु भएको हो ।
‘रेमिट्यान्स ल्याउने, सोही रकम प्रयोग गरेर आयात गर्ने, राजस्व संकलन गर्ने अनि देश चलाउने बाटोमा गएर हुन्छ ?,’ अधिकारीले प्रश्न गनुृभयो, ‘सधैं यसरी चल्छ जस्तो लाग्दैन् ।’

उहाँले कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइट इफेक्टहरु देखिएको पनि बताउनुभयो । ‘कोरोना महामारीपछि सुधार भईरहेको अर्थतन्त्रलाई रसिया र युक्रेन युद्धले नकारात्मक असर परेको छ । दक्षिण एसियामा हाम्रो अर्थतन्त्र दोस्रो राम्रो अवस्थामा छ,’ अधिकारीले भन्नुभयो, ‘भारतको अर्थतन्त्र सबल हुनुका राजनीतिक स्थाइत्वको महत्वपूर्ण योगदान छ ।’ चालु पूँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयारी गरेको पनि उहाँले बताउनुभयो । उहाँले बजारलाई अनुशासनमा राख्न राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको पनि बताउनुभयो ।

‘हामीले निरन्तर छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएका थियौँ,’ उहाँले भन्नुभयो, ‘अझै पनि सरोकारवाला निकायका केही असहमति छन् भने संसोधन गर्न हामी तयार छौं । संविधान न संसोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने हुँदैन । तर, अनुशासनमा सबै बस्नैपर्छ । अनुशासनमा बस्नुपर्छ भन्ने सोचले नै चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयन गरिएको छ ।’

गभर्नर अधिकारीले सेजनको कार्याक्रममा उद्योगी, व्यवसायी, बैँकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीति संसोधन गर्न तयार रहेको बताए पनि उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने नलिने संकेत गर्नुभयो । गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति उच्च दरमा घटेपछि राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउने गरि नीति लिएको गभर्नर अधिकारीले बताउनुभयो । ‘तरलता सहज हुँदै जाँदा ब्याजदर घट्दै जाने राष्ट बैंकको विश्वास छ,’ अधिकारीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *