काठमाडौंलगायतका सुकुम्बासीलाई नहटाउन भूमि आयोगकाे सूचना

काठमाडाैं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायतका सुकुम्बासीलाई अहिले नै नहटाउन सूचित गरेकाे छ ।

आयोगले राष्ट्रिय पत्रिका गोरखापत्रमा आज एक सूचना जारी गर्दै काठमाडौं महानगरसहितका सुकुम्बासीलाई नहटाउन सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई सूचित गरेकाे छ ।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ । आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने पनि बताएको छ।