नेकपा एमालेका नेता बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडाैं, १८ मंसिर । नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरकाे लाेकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

आइतबार बिहान घर बाहिर शंकास्पद वस्तु भेटिएको सूचना पछि नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

यसअघि पनि बास्कोटाको बन्दै गरेकाे घरमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।