प्रतिनिधिसभाका १६४ सिटको परिणाम सार्वजनिक, कहाँ कस्ले कति ल्याए ? हेर्नुहाेस

काठमाडौं, १८ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार १६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी रहेकाे जनाएकाे छ ।

आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै एमाले ४४ सिटसहित दाेस्राे दल बनेकाे छ । माओवादी केन्द्र १७ सिटसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात-सात सिट ल्याएका छन् ।

यस्तै, अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मिुक्ती पार्टीले तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले एक-एक सिट जितेका छन् ।

देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।