आइपुग्यो मेलम्चीको पानी सुन्दरीजल
काठमाडौं, २० मंसिर । मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ।
अम्बाथानबाट पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको हाे। अम्बाथानदेखि सुन्दरीजलसम्मकाे सुरूङकाे दुरी २६ किमी रहेकाे छ ।
अबकाे केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर-घरमा पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ।
काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन्।