नेपाली बालबालिकाको सवाल संयुक्त राष्ट्रसंघसम्म

काठमाडाैं, २८ मंसिर । नेपाल सरकारले हालै संयुक्त राष्ट्र संघको बालअधिकार समितिमा नेपालको छैठौं र सातौं प्रतिवेदन बुझाएकाे छ ।

प्रतिवेदनको सन्दर्भमा नागरिक समाजको नेतृत्व गर्दै सिआरसी रिपोटिङ सञ्जाल नेपालले चाइल्ड फण्ड जापान सँगको सहकार्यमा बागमती प्रदेश स्तरिय बालबालिकसँगको परामर्श भेला हालै आयोजन गरेको छ ।

उक्त कार्यक्रम बागमती प्रदेशको प्रदेश राजधानी हेटौंडामा सम्पन्न गरिएको छ । यस कार्यक्रममा बागमती प्रदेशका १३ ओटै जिल्लाका २६ जना बालबालिका सहभागी भएका थिए ।

कार्यक्रममा बालबालिकहरुले बालविवाह, बाल श्रम, लैङगिक अल्पसंख्यक बालबालिकको हक, आफ्नो बोल्न र खेल्न पाउने हक जस्ता सवालहरुको उत्थान गरेका थिए ।

उक्त कार्यक्रममा बालबालिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । परामर्श भेलामा बालबालिकहरुको तर्फबाट उत्थान भएका सवालहरुलाई सञ्जालले पुरक प्रतिवेदनमा समावेश गर्नेछ ।