राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा
काठमाडौं,२९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
चार महिनाअघि नेपालको प्रशिक्षक नियुक्त भएका भारतीय पूर्व क्रिकेटर प्रभाकरले मंसिर २९ (आजै) बाट लागु हुनेगरी राजीनामा दिएको र स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।
एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोखिममा रहेको अवस्थामा नेपाली टिममा प्रशिक्षक परिवर्तन हुने क्रम रोकिएको छैन ।
