सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडाैं, १ पुस । काठमाडाैंकाे सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

सिनामङ्गलकाे कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।