मेचीनगरबाट चार जना सडक मानवको उद्धार

सडक आश्रित मानव व्यवस्थापन

काठमाडौँ, कार्तिक २२ । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगरका विभिन्न स्थानबाट अलपत्र अवस्थामा रहेका चार जनाको उद्धार गरेको छ ।

आश्रमले मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआली क्षेत्रबाट गएराति उनीहरूको उद्धार गरेको हो । उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका ४, बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमको अभिभावक समितिका संयोजक नीलकण्ठ तिवारीले जानकारी दिनुभयो ।

उद्धार गरिएकामध्ये एक जना केही दिनअघि कैद अवधि पूरा गरी कारागारबाट मुक्त भएका व्यक्ति रहेको तिवारीले बताउनुभयो । “कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थाल्नुभएको रहेछ । आफन्त कोही रहेनछन्, उहाँलाई पनि उद्धार गरेर ल्याएका छौँ,” उहाँले भन्नुभयो ।

उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरूले सहयोग गरेका थिए ।

बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल आफन्त नभएका एक सय जना सडक मानवले आश्रय लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *