डाइनामिक सुशीलाको सर्भिस फर स्कुल चिल्ड्रेन

–श्याम स्मृत
ललितपुर । सामाजिक सेवाको अर्थ कार्य, र व्यक्ति, परिवार, समूह र समुदायका लागि फरक पार्ने शक्ति भएको गतिशील र अद्वितीय मद्दत गर्ने सेवा हो । सामाजिक सेवाको प्राथमिक लक्ष्य भनेको समाजको समग्र कल्याणलाई सुधार्नु हो, विशेष गरी सबैभन्दा कमजोर जनसंख्याको लागि सुधार्नु हो।

समाजसेवा मानवहरुको एकआपसमा सम्बन्ध बनाउने एकआपसमा सहयोग गर्ने भाइचाराको आदर्शमा आधारित छ । संकटमा परेका मानिसहरूलाई सहयोग गर्नु नै समाज सेवा हो । यो एक महान कार्य हो । यसका लागि समय र शक्ति खर्च गर्नुपर्छ । मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ । बदलामा समाज सेवा गर्नु कर्तव्य हो ।

यदि मानिसहरूले अरूको सेवा गर्छन् भने, अरूले तिनीहरूको सेवा गर्नेछन् । समाजसेवालाई सबै धर्मले प्रशंसा गरेका छन् । असल मानिसले समाजसेवा गर्छ भने नराम्रा मानिसले त्यसलाई त्याग्छन् । समाज सेवा समाज सुधार र विकासको उत्कृष्ट माध्यम हो । समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ ।

समाज सेवा गर्नेहरूले समाजका सबैभन्दा दुःखी , गरिव, असहाय, कमजोर र सीमान्तकृत व्यक्तिहरूको सहयोगका लागि काम गर्छन् । उनीहरूको अधिकारको प्रवर्द्धन गर्न, असमानताहरू हटाउन मद्धत गर्दछन। उनीहरुका जीवनमा रहेका चुनौती हटाएर गुणस्तरमा सुधार गर्न समाजसेवा गर्नेहरुले काम गर्दछन । यी कामहरूले सामाजिक कार्यकर्ताहरूलाई नैतिक रूपमा अगाडि बढन मद्दत गर्दछ । जुन सिद्धान्त लायन्स क्लव लगायतमा रहेको लायन सुशीला श्रेष्ठको स्पष्ट विचार छ।

कहिलेकाहीँ भूकम्प, बाढी, पहिरो, आगालागी, हावाहुरी लगायतका आकस्मिक विपद् आइपर्दा मानिसलाई एक अर्काको सहयोग चाहिन्छ । यस्तो बेला सहयोग लिन र दिन अति आवश्यक हुन्छ । यस्तो बेला सहयोग भएन भने यसका कारण धेरै मानिसहरु बेघर हुन सक्दछन । गरिव हुनेमात्र होइन, ज्यान जाने खतरा पनि हुन सक्दछ । समाजमा हुनेयस्ता समस्यामा हातदिने काम हामीले गर्नु पर्दछ।

यसका कारण नेपालमा समाजसेवा अति आवश्यक रहेको छ । यही आवश्यकतलाई मध्यनजर गरेर विसं.२०७२ सालको महाभूकम्पयता खुलेर समाज सेवामा आएको खुलासा लायन सुशीला श्रेष्ठले गरेकी छन्। महाभूकम्प पिडितहरुलाई सक्दो राहत सहयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप निरन्तर सक्रिय बन्दैआएकी उनै लायन सुशीला श्रेष्ठले मिति २०७९ साल मंसीर २७ गते मंगलवार आफ्नो शुभ जन्मदिनका अवसरमा लायन्स क्लब अफ काठमाडौं फेलोसिप मार्फत सहयोग गर्ने कार्य भएको छ। लायन्स क्लब अफ काठमाडौं फेलोसिपको सर्भिस फर स्कुल चिल्ड्रेन अन्तर्गत स्कुले विद्यार्थीहरुको लागि आवश्यक स्टेशनरी सहयोग गर्ने कार्य लायन सुशीलावाट भएको हो ।

ललितपुरको इमाडोल स्थित महालक्ष्मी नगरपालिका वडा नंबर ४ ओचुमा रहेको सूर्योदय बालबिकास आधारभूत विद्यालयमा अध्ययनरत १२५ गरीब, जेहेन्दार विद्यार्थीहरुलाई जाडोमा न्यानो टोपी लगायत स्कुले ब्यांग तथा स्टेशनरी सामाग्री दिएर सहयोग गर्ने कार्य भएको लायन्स क्लब अफ काठमाडौं फेलोसिपका चार्टर प्रेसिडेन्ट लायन कृष्णज्योति शाक्यले बताएका छन्। लायन शाक्यका अनुसार, मनकारी डाइनामिक लायन सुशीला श्रेष्ठले शुभ जन्मोत्सव लगायतका मांगलिक कार्यहरुलाई सार्थकता दिन यसरी नै लायन्स क्लब अफ काठमाडौं फेलोसिप मार्फत सहयोग वितरण गर्ने कार्यमा निरन्तरता दिदैआएकी छन्।

सक्रिय रुपमा सामाजिक कार्य गर्दैआएकी लायन सुशीला श्रेष्ठले आफ्नो शुभजन्मोत्सवमा गरीब, जेहेन्दार विद्यार्थीहरुलाई सर्भिस फर स्कुल चिल्ड्रेन कार्यक्रममा सहयोग वितरण गर्ने कार्य गर्न पाउंदा अत्यन्त खुशी तथा गौरब लागेको बताएकी छन्। कार्यक्रममा आयोजक लायन्स क्लब अफ काठमाडौं फेलोसिपका बर्तमान प्रेसिडेन्ट सविना महर्जन, फस्ट भाइस प्रेसिडेन्ट राजेश हिमालय, राजाराम महाजु, मनिषा गिरी लगायतका दर्जनौ डाइनामिक मेमबरहरुको उपस्थिति रहेको थियो। स्कुलका विद्यार्थीहरुलाई सहयोग वितरण गरेकोमा स्कुलका हेडसर महेन्द्र पण्डितले सवै लायनहरुलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए।