धनुषामा विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनुसा, ७ पुस । धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषा सहिदनगर नगरपालिका ५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।