आइपुगेको छैन कोरोनाविरुद्धको बुस्टर डोज : खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले छिमेकी भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने सम्भावना रहेकोले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।

छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन ।

मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।