पुनर्बहालीको माग गर्दै आईजीपी दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।

कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने तय भइसकेको छैन।

आफूलाई सुनुवाइको मौका नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको दाबी छ। उनले उक्त निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। उक्त निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *