अपराह्नपछि मौसममा क्रमशः सुधार आउने

काठमाडौँ, १४ कात्तिक । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः घट्दै जाने र मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार न्यून चापीय क्षेत्र हाल पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा र हिमपात जारी छ भने मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

यही मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्कादेखि मध्यम हिमपात हुन सक्ने उल्लेख गरिएको छ ।

महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गरी यस्तो जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *