ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको भीड

ताप्लेजुङ,१३ पुस । ताप्लेजुङमा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ ।
विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था मिलाएको छ ।
पूर्वी नाका काँकरभिट्टादेखि १२ मिटर पश्चिम चारआलीमा रहेका मन्दिरमा नेपालका विभिन्न स्थानसँगै भारतका सिक्किम, दार्जीलिङ, आसाम, सिलगुढीलगायतका क्षेत्रबाट समेत दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् ।
देवीदेवताका विभिन्न आकृतिले भरिपूर्ण दुर्लभ बृक्षको फेदमा देवीको मन्दिर रहेको छ । देवीको दर्शनका लागि विभिन्न समयमा १००८ श्री जगत गुरु बालसन्त मोहनशरण, देवाचार्य श्री १००८ महामण्डलेश्वर हेमान्नद गिरीजी महाराज, व्यासाचार्य धर्मगुरू श्री किशोर गौतम, समालोचक मोदनाथ प्रश्रितलगायत आइसक्नुभएको छ ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेलले यसको संरक्षण, सम्बद्र्धन र विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । एक बर्षको अवधिमा एक करोडभन्दा बढी भेटी संकलन भएको धाम समितिले जनाएको छ ।