सेतो मत्स्येन्द्रनाथको मूर्तिमा रंगरोगन

काठमाडौं, २० पुस । काठमाडौंको प्रशिद्ध सेतो मत्स्येन्द्रनाथको महास्नान पश्चात रंगरोगन गर्ने कार्य शुरु भएको छ । यसको लागि मत्स्येन्द्रनाथको मूर्तिलाई जनबहालमै राखी कलाकारहरुले रंगरोगन गर्न थालेको हो ।

मूर्तिमा रंगरोगन गर्ने क्रममा भोलि मूर्तिको दृष्टि खुलाउने तयारी भएको छ । मूर्तिमा दृष्टि खुलाएपछि रंगरोगन कार्यको समापन हुन्छ ।

मूर्तिमा रंगरोगन गर्ने कार्यलाई स्थानीय नेपालभाषा ‘लंपुं छायेगु’ भनिन्छ ।

पर्सी शुक्रवार मूर्तिलाई नेवाः परम्परा अनुसार दश कर्म गरी पुनः मन्दिरमै प्रतिष्ठापन गर्ने कार्यक्रम रहेको छ । आउँदो चैत्र महिनामा सेता मत्स्येन्द्रनाथको रथ यात्रा गरिनेछ ।