ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

पाल्पा, २१ पुस । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टरको ट्रलीमा सवार सारु एक्कासी सडकमा खस्दा सोही ट्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।