आगामी माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन तयारी
काठमाडाैं, २२ पुस । संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन गर्ने तयारी गरेकाे छ ।
बैठकले यी दुई मितिमा सभामुख र उपसभामुखको निर्वाचन गर्न प्रस्ताव गरिएको नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
प्रतिनिधिसभामा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संविधान र कानुनमा व्यवस्था छ।
कानुनी प्रावधानअनुसार आगामी माघ १० गतेभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
बैठकले प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ गतेको लागि बोलाइएको छ ।