शंकरापुरका स्थानीयमाथि पेस्तोल ताक्ने इन्पेक्टरमाथि छानबिन गर्दै
काठमाडौं, पुस २४ । काठमाडौंको शंकरापुरका स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी इन्स्पेक्टर माथि छानबिन सुरू गरिएकाे छ ।
प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार पुस २० गते शंकरापुर नगरपालिका-३ लप्सीफेदी बोझेनीमा नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए।
त्यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको र उनले भीड नियन्त्रणकाे क्रममा स्थानीयमाथि पेस्तोल ताकेर हान्दिने धम्की समेत दिएका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो।