काठमाडौंमा आज बिहानै गोरखाबाट ल्याइएको टर्च सहित प्रभातफेरि

काठमाडौं, २७ पुस । पृथ्वीनारायण शाहको ३०१ औं जन्मदिनको उपलक्ष्यमा नेपाली सेनाले आज बिहान काठमाडौंमा प्रभातफेरि आयोजना गर्यो । टुँडिखेलस्थित सैनिक मञ्चबाट शुरु भएको उक्त प्रभातफेरिमा गोरखाबाट काठमाडौंसम्म ल्याइएको एकीकरण पदयात्राको टर्च पनि परिक्रमा गराइएको थियो ।
बाँसुरी, धिमे जस्ता स्थानीय बाजागाजा सहित आयोजना गरिएको उक्त प्रभातफेरिमा पृथ्वीनारायण शाहको तस्बिरलाई बग्गीमा राखी परिक्रमा गरिएको थियो ।
नगर परिक्रमा गराई प्रभातफेरि र्याली पुनः सैनिक मञ्चमै गई समापन गरिएको थियोे ।
आज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनलाई नेपाल सरकारले यो वर्षदेखि पुनः राष्ट्रिय एकता दिवसको रूपमा मनाउँदै सार्वजनिक विदा दिन थालिएको हो ।
तर नेपाल सरकारको यो निर्णयलाई अधिकांशबाट तीव्र विरोध भएको छ । खास गरी आदिवासी जनजाति समुदायले पृथ्वीनारायण शाहले तत्कालीन विभिन्न राज्यहरूमा आक्रमण गरी बर्बर दमन गरेका कारण उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मान्न नहुने दावी गरिरहेका छन् ।
उनको जन्मदिनमा सार्वजनिक विदा दिइएको विरोधमा आदिवासी जनजाति महासंघ, नेवाः देय् दबू आदि जस्ता संस्थाहरूले क्षोभ व्यक्त गरेका छन् ।
नगर परिक्रमाका केही तस्बिरः