राप्रपाले लगायाे मन्त्रीकाे टुङ्गाे, अध्यक्ष लिङ्देनसहित काे काे हुने भए मन्त्री ?

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा चार मन्त्री र एक राज्यमन्त्री गरी पाँच मन्त्रालय पाएकाे छ।

उपप्रधान तथा उर्जामन्त्रीमा अध्यक्ष लिङ्देनकाे टुङ्गाे लागेकाे छ भने अन्य तीन मन्त्रीहरूमा: धवल शमशेर, धुर्वबहादुर प्रधान र विक्रम पाण्डे रहेका छन्।

एक जना राज्यमन्त्री काे बन्ने भन्ने टुङ्गाे लगाउन बाँकी रहेकाे राप्रपाले जनाएकाे छ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुङ्ग्याएको हाे। जसअनुसार राप्रपाले चार मन्त्रालय पाएको छ भने एक राज्यमन्त्रालय पाएकाे छ।

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *