नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

काठमाडौं, ३ माघ । नेपाल टेलिकमको फोन नेटवर्क बन्द भएको छ । बन्द भएको नेटवर्क अहिले पनि खुलेको छैन ।

आज करिब १२ बजेदेखि टेलिकमको नेटवर्क बन्द भएको हो । नेटवर्क बन्द भएकोले न कसैलाई फोन गर्न मिल्छ, न कसैको फोन आउँछ ।
नेटवर्क बन्द भएको बारे नेपाल टेलिकमले अहिलेसम्म कुनै सूचना सार्वजनिक गरेको छैन ।

नेटवर्क बन्द भएर हैरान भएका सेवाग्राहीहरूले भने सामाजिक सञ्जालमा धमाधम कमेन्ट लेख्न थालिसकेको छ ।