कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुख उम्मेदवारी दिने
काठमाडौं, ४ माघ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवार दिने भएकी छन् ।
पार्टीभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएपछि कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले उम्मेदवार दिने भएकी हुन् ।
सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।