सोनाम ल्होसार बहुसांस्कृतिक विविधतायुक्त पर्व हाे : राष्ट्रपति भण्डारी
काठमाडौं, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसार बहुसांस्कृतिक विविधतायुक्त पर्व भएकाे बताउनुभएकाे छ ।
आज सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्व बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
पर्व अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएकाे छ ।