क्रिमिनल सामग्री राखेको भन्दै रूपन्देही प्रशासनले बन्द गरायो ‘जेल रेस्टुरेन्ट’

रूपन्देही। १० माघ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले भैरहवामा सञ्चालनमा ल्याएको ‘जेल रेस्टुरेन्ट’ बन्द गराएका छन् ।

भैरहवाका दुई युवा विष्णु पौडेल र दीपु जैसवालले झन्डै एक करोड रूपैयाँ लगानीमा एक महिनाअघि मात्र सञ्चालन गरेकाे रेस्टुरेन्ट हुबहु जेलजस्तै देखिने गरी बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सोमबार अनुमगन गरी बन्द गराउने निर्णय गरेको हो।

भारतमा यस्तै रेस्टुरेन्ट देखेपछि नेपालमा पनि नयाँ प्रयोग हुने सोचेर साथी विष्णु पौडेलसँगको साझेदारीमा जैसवालले रेस्टुरेन्ट खोलेको उनको भनाइ छ। उनले जेलको ढाँचा ल्याउन केही खेलौनाहरू मात्र प्रयोग गरेको बताएका छन्।

सञ्चाल विष्णु पौडेल र दीपु जैसवालले दर्ता गर्ने बेलामै ‘जेल रेस्टुरेन्ट भनेर प्रशासन कार्यालयमा दर्ता गराएकाे बताए।

‘हामीले दर्ता गर्दा नै रेस्टुरेन्टलाई जेलजस्तो देखाउन हतकडी, बन्दुक लगायत खेलौनाहरू सजाइने जानकारी गराएका थियौं। अहिले त्यही कुरामा प्रशासनले रेस्टुरेन्ट बन्द गराएर हामीमाथि अन्याय गरेको छ,’ उनले भने।

रेस्टुरेन्टमा प्रयोग भएका सामग्री मनोरञ्जनका लागि मात्र राखिएको उनले बताए। यस्ता सामग्री बजार वा मेलातिर पनि प्रयोग भइरहेकाले प्रशासन कार्यालयले आफूहरूलाई मात्र च्याप्न नहुने उनको जिकिर छ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जेल रेस्टुरेन्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले बन्द गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *