प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता गरेका छन्।

बुधबार बिहान बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार केहीबेर अघि लिङ्देन पनि बालुवाटार पुगेका थिए ।

गृहमन्त्री कसलाई बनाउने भन्नेमा तीव्र विवाद भइरहेका बेला गठवन्धनका तीन प्रमुख नेताबीच भेट भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डामा परेको गृह मन्त्रालय आफूहरूलाई दिनुपर्ने अडान लिँदै आइरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय आफूसँगै राख्ने जवाफ दिँदै आइरहेका छन्।

रास्वपाले भने गृह नपाए सरकार छोड्ने सम्मको चेतावनी दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *