सेयर बजारमा सामान्य अंकको वृद्धि
काठमाडौं, १८ माघ । बुधबार सेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ४.९७ अंकले बढेको हो ।
आज नेप्से ०.२४ प्रतिशतले बढेर २११६.६५ को विन्दुमा पुगेको छ ।
यस दिन २६१ कम्पनीको एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँबराबरको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भयो ।
सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ४०१.१६ को विन्दुमा पुगेको छ ।
१३ उपसमूहमध्ये बुधबार आठ उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँच उपसमूहको समूहगत सूचक घटेको छ ।
यस दिन होटेल तथा पर्यटन समूहको सेयर मूल्य सर्वाधिक १.५६ प्रतिशतले बढेको छ । विकास बैंक समूहको सेयर मूल्य १.२४ प्रतिशतले बढेको छ । लगानी समूहको सेयर मूल्य सर्वाधिक ०.५४ प्रतिशतले घटेको हाे।