सुनको मूल्यमा हालसम्मकै उच्च, १ लाख ७ हजार ५०० रुपैयाँ पुग्याे
काठमाडौं, १९ माघ । सुनको मूल्यमा हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ पुगेकाे छ ।
त्यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ ।
बुधबार एक लाख ६ हजार ३ सय रुपैयाँमा छापावाल, एक लाख ५ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।