अनेरास्ववियुमा १७ पदाधिकारीका लागि ९१ को उम्मेदवारी, अध्यक्ष र महासचिवमा मात्रै पाँच–पाँच जना (सूचिसहित)

काठमाडौं, ४ फागुन । २०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएपछि एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको निर्वाचन हुन सकेको थिएन । लामापछि ऐन महर र सुनिता बराल अध्यक्ष बन्नुभयो ।

तर, उहाँहरु दुबै जना निर्वाचन मार्फत नभई मनोनित भएर अध्यक्ष बन्नुभएको थियो । दुई–दुई वर्षमा हुनुपर्ने अनेरास्ववियुको महाधिवेशन २२ औँ महाधिवेशनपछि २३ औँ महाधिवेशन हुन ८ वर्ष कुर्नु पर्यो । काठमाडौंको प्रज्ञाभवनमा अहिले अखिलको २३ औं महाधिवेशन जारी छ । पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि अहिले चुनावी प्रतिस्पर्धामा ३ सय भन्दा बढी मैदानमा छन् । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव १० सचिव र एक कोषाध्यक्षका लागि अहिले निर्वाचन भैरहेको छ ।
एक अध्यक्ष पदका लागि ५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन् ।

त्यसैगरी ४ उपाध्यक्षका लागि झपिन्द्र खत्री, नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, डम्बर अधिकारी, सुजन भट्टराई, तपेन्द्रजंंग शाही, मर्यादा विष्ट, जेनिश लामा, किरण सापकोटा, पंकज भण्डारी, प्रकाश भुजेल, एकराज दाहाल, एलवी सिंह, जुनु तामाङ, रामशरण चौधरी गरी १६ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी एक महासचिवका लागि नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार १० सचिवका लागि ६१ ज्नाले उम्मेदवारी दिएका छन् । खुला ६ सचिवका लागि ४८ जनाको उम्मेदवारी परेको छ । जसमा दिपेश बराल, नरेन्द्र न्यौपाने, प्रकाश पौडेल, विरेन्द्र बहादुर रावल, सागर भट्ट, सौगात कार्कीलगायत छन् । सचिव महिला खुला ३ जनाका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा सजिना थापा मगर, अन्जना शिवाकोटी, अन्जु पाण्डे, आरती भट्टराई, एलिसा गौतम, कल्पना पाल, मनिषा सुनार, रीता ढकाल, लक्ष्मी केसी, विनिता काफ्ले रहेका छन् ।

एक समावेशी खुला सचिवमा मनोज ताम्ली लिम्बू,रमेश श्रेष्ठ, रवि मिश्र, राजेश नेपाली गरी ४ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन् । १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।