रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी

कैलाली, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन्। सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन्।

चौधरी रिहा भएपछि नागरिक उन्मुक्तिकि अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्तासहित स्वागतका लागि कारागार पुगेकी छिन्।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई छ महिना कैद भुक्तान नगरेको भन्दै माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीसहित​ ३९५ जनालाई सजाय माफी गरेकी हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *