रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कमिटीकाे बैठक आज बस्दैछ ।

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएकाे हाे ।

बैठक पार्टी कार्यालय वसुन्धारामा बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताउनुभयो ।