काठमाडौं, १५ फागुन । नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएको छ ।
सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले केही स्थानमा समस्या देखिएको बताएका छन् ।