रित्तो थाल बजाउँदै सुकुमबासीहरूले गरे बोडेको होल्डिङ सेन्टरमा सरकारविरुद्ध प्रदर्शन
काठमाडौं, ११ मङ्सिर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन् ।
सरकारले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीलाई खाना दिन बन्द गरेपछि उनीहरू आक्रोशित भएका हुन् । रित्तो थाल बजाउँदै उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
प्रदर्शनकारीहरूले हातमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ भन्दै नाराबाजीसमेत गरेका छन् ।
सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई आज दिउँसो २ बजेसम्म स्थान खाली गर्न समयसीमा दिएको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाउने क्रममा विस्थापित भएका सुकुमबासी परिवारलाई बोडेस्थित होल्डिङ सेन्टरमा राखिएको थियो । सरकारले तोकेको समयसीमा नजिकिँदै गर्दा उनीहरूले आफ्नो बसोबासको व्यवस्था सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
फाेटाे- कृष्ण किसी, भक्तपुर
