मन्त्री महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी आन्दोलनमा

काठमाडौं, ११ मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू अध्यादेश र नियमावलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार प्रतिष्ठानको प्रांगणमा प्रदर्शन गर्दै उनीहरूले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको र सुझाव बेवास्ता गरिएको भन्दै विरोध जनाएका हुन् ।

कर्मचारीहरूले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनीहरूले अध्यादेश तथा नियमावली खारेज गर्न, संस्थाको स्वायत्तता कायम राख्न र नेतृत्व खुला प्रतिस्पर्धाबाट चयन गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *