प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट सर्वोच्चमा दर्ता, बुधबार पेशी

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरन र कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हाे।

दाहालले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी अभिव्यक्ति दिएका थिए ।

सर्वोच्च प्रशासनले प्रचण्ड विरुद्धको रिट दर्ता भएपछि अदालतले बुधबारलाई पेशी तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *