बलिउड अभिनेता सतीश कौशिकको निधन

काठमाडौं, २५ फागुन । बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनकाे गएराति १ः३० बजे नयाँ दिल्लीमा ६६ वर्षकाे उमेरमा हृदयघातका कारण निधन भएको हाे।
पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारले अस्पताल पुर्याएका थिए ।कौशिककाे उपचारकाे क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कौशिककाे शव पोस्टमार्टमपछि दिल्लीबाट मुम्बईस्थित उनको निवासमा पुर्याइनेछ । त्यसपछि भारतीय समयानुसार दिउँसो ३ बजेदेखि ६ बजेसम्म वर्सोवास्थित घाटमा अन्तिम संस्कार हुनेछ ।
सतीशले सन् १९८३ मा बलिउडमा डेब्यु गरेका थिए । यसअघि उनले थिएटरमा काम गरे । उनी अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए ।