शिक्षासेवी एवं गीतकार जगमोहन वामी रहनुभएन

काठमाडौं, ३० फागुन । ललितपुरको चापागाउँका समाजसेवी एवं शिक्षा अभियन्ता जगमोहन वामीको आज बिहान निधन भएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो ।
उहाँ नेपालभाषाका प्रशिद्ध गीतकार एवं संगीतकार पनि हुनुहुन्छ । उहाँका केही लोकप्रिय गीतहरु हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि गाउनुभएको छ ।

चापागाउँमा शिक्षित युवाहरू उत्पादन गर्न र चापागाउँमै स्कुल र कलेजहरू स्थापना गर्ने कार्यमा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

आजै पशुपतिको विद्युतीय शवदाह गृहमा उहाँको अन्त्येष्टि गरिएको छ ।

पशुपतिमा उहाँलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत भाषासेवी, शिक्षासेवीहरू उपस्थित हुनुभएको थियो ।