त्रिविका १३ क्याम्पसमा रोकियाे स्ववियु निर्वाचन

काठमाडाैं, ५ चैत्र । उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये उपत्यकाका केही क्याम्पससहित देशभरिका १३ क्याम्पसमा विद्यार्थी सङ्गठनबीच विवाद हुँदा निर्वाचन प्रक्रिया रोकिएको हाे ।

उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अबरुद्ध भएकाे छ । नेपाल कमर्स क्याम्पसमा हिजो अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।