१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री दाहाललाई कानुन व्यवसायीकाे ध्यानाकर्षण

काठमाडाैं, ३० चैत्र । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहित कानून व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे ध्यानाकर्षण गराउनुभएकाे छ ।

बिहीवार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर कानून व्यवसायीहरूले ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गर्नुभएकाे थियो ।

प्रधानमन्त्रीसंगकाे भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत हुनुभएकाेले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएकाे बताउनुभयाे । साथै प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस आफूहरूले गरेको बताउनुभयाे ।

अध्यक्ष गोपालकृष्ण घिमिरेले भन्नुभयाे ‘प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि ठोस निस्कर्षम पुग्नेगरी पहल गरिरहेको बताउनुभएकाे छ । १० दिनभित्र यो प्रक्रिया शुरु नभए बाध्य भएर हामी आन्दोलनमा जान्छौँ भनेका छौँ।