वीरगञ्जका मुख्य सडक आठ किलोमिटर विस्तार गरिने

सडक विस्तार तथा स्तरोन्नति

काठमाडौँ, असोज ३१ । वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गरिने भएको छ। हेटौँडास्थित सडक डिभिजन कार्यालयले त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका लागि बोलपत्र आह्वान गरेको छ ।

कार्यालयले मितेरी पुलदेखि घण्टाघरसम्म र घण्टाघरदेखि गण्डक चोकसम्मको सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो ।

कार्यालयका इन्जिनियर दुर्गाप्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्मको सडक चार लेनमा विस्तार गरिनेछ। सडक विस्तारसँगै दुवै किनारमा साइकल लेन र पैदलयात्रीका लागि फुटपाथसमेत निर्माण गरिनेछ ।

सडक विस्तार तथा स्तरोन्नतिपछि वीरगञ्जको मुख्य सडकमा यातायात व्यवस्थापन सहज हुनुका साथै पैदलयात्री र साइकल चालकलाई आवागमनमा सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *