भक्तपुरस्थित मध्यपुरका स्थानीयले मनाए सिन्दुर जात्रा

भक्तपुर २ वैशाख । भक्तपुरको मध्यपुरथिमीमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रा आज मनाइएको छ ।

याे जात्रा भक्तपुरकाे बिस्का जात्रासंग सम्बन्धित जात्रा हाे । याे जात्रा भक्तपुरको बिस्का जात्राकाे याेसिं ढालेकाे भाेलिपल्ट भब्यताका साथ मनाइन्छ ।

आज मध्यपुर थिमिमा स्थानीय बासिन्दाले बिहान ३२ खटसहितको सिन्दुरे जात्रागरी मनाएका हुन् ।

सिन्दुर जात्रा थिमिको बालकुमारी मन्दिर परिसरमा जम्मा भई २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

थिमिका स्थानीयवासीले बिहानैदेखि सिन्दुर खेलेर(एकआपसमा दलेर) सिन्दुर जात्रा मनाउने गर्दछन् ।