म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु
म्याग्दी, ६ वैशाख । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।
चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट बताउनुहुन्छ ।
मोटरसाइकल चालक सुशील खत्रीको को अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ ।