बूढानीलकण्ठबाट २१ किलो सुन बरामद, केही व्यक्ति पक्राउ

काठमाडौँ, २२ असोज । काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बुधबार साँझ बूढानीलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो।

सुन बरामद गर्ने क्रममा केही व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको पहिचान तथा सुन बरामद भएको स्थान र घटनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबारे बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइनेछ। सुनको स्रोत तथा बरामद सुनका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *